बाघ पारिस्थितिक सन्तुलनको आधारस्तम्भ : उपराष्ट्रपति यादव

काठमाडौँ, १३ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उनले बाघ सौन्दर्यको प्रतीक मात्र नभएर हाम्रो पारिस्थितिक सन्तुलनको आधारस्तम्भ पनि भएको उल्लेख गरेका छन् । 

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै बाघ संरक्षणको साझा जिम्मेवारी पूरा गर्न आह्वान गरेका छन् । सन्देशमा उपराष्ट्रपतिले पछिल्लो समय विश्वभर बाघको अस्तित्व अवैध शिकार, छाला–दाँतको व्यापार, वनजङ्गलको फडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारण गम्भीर सङ्कटमा परेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसले मानिसलाई वन्यजन्तुप्रति संवेदनशील बनाउँदै संरक्षणमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने धारणा उनले व्यक्त गरेका छन् । साथै यस दिवसले नीति निर्माणकर्तालाई दीर्घकालीन योजना र कार्यक्रम तर्जुमा गर्न उत्प्रेरित गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई