३७ थान राहदानीसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ, ६ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

नेपाल एयरलाइन्सको उडानद्वारा मंगलबार काठमाडौँबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली राहदानी थान ३७ मा रोमानियाको भिसा लगाउने भनी त्यसतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

श्रेष्ठलाई आवश्यक कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नुभएको

काठमाडौँ, ११ साउन । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ । गृहमन्त्री सुधन गुरुङले

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा