एकथान पेस्तोल र एकथान एयरगनसहित ६ जना पक्राउ

काठमाडौँ, ६ जेठ । प्रहरीले काठमाडौँको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड बरामद गरेको छ ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले एकथान पेस्तोल र एकथान एयरगन सहित ६ जनालाई पक्राउ गरेको हो ।

लागुऔषध प्रयोगकर्ताले गाँजालाई पेलेर धुलो बनाएर चुरोटमा राखेर खाने बस्तुलाई पोल्याण्ड भन्ने गरिन्छ । लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनीहरूसँग हतियार पनि रहेको खुलेको थियो ।

बौद्ध स्थित जबमुडाँडाको फोहोरमैला सङ्कलन केन्द्रमा लुकाएर राखेको अवस्थामा एउटा पेस्तोल र एउटा एयरगन बरामद गरिएको हो

प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका विनोद अधिकारी, विकाश सुनुवार, सुदिप परियार र सक्सन दोर्जे लामा लगायत छन् । आरोपीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा