सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, १ भदौ । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

अपराह्न १ः०० बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ भने राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष पेस गर्नेछन् ।

त्यसैगरी, १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त्री बानियाँले

काठमाडौँ, ३१ साउन । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ नेपाल आइपुगेका छन् । आज अपराह्न ४ बजेर १५ मिनेटमा

काठमाडौँ, ३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न र जनता सुन्न आग्रह गरेकी छन् । ‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट

काठमाडौँ, ३१ साउन । जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी