करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१ बस्ने २३ वर्षीया पुनिताकुमारी महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

भिनाजु सन्देश महतोको घर जनकपुर उपमहानगरपालिका–१८ तेतरिया आएका बेला आज बिहान ११ बजेतिर पानीको मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो । चिकित्सकहरूले जाँचका क्रममा मध्यान्ह १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव अहिले अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,