लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर भएका २४ वर्षीय जय किशोर प्रसाद यादव छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ३० वैशाख २०८१ मा काठमाडौँ जिल्ला अदालतले उनलाई लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

फरार उनलाई प्रहरीले २९ साउनमा काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमार्फत कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको