मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, ४ जेठ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल गएराति करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापा र सोही स्थानका अन्दाजी ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले घटनास्थलबाट दुई जनालाई उद्धार गरी रिडी प्राथमिक अस्पताल पठाएका थिए । उपचारको क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा