८३ ग्राम खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौँ, ३१ बैशाख । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरी टोलीले काठमाडौँको बुढानीलकण्ठबाट ८३ ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

आज ब्यूरोले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित क्षेत्रबाट अवैध लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ ठेगाना भएका ३१ वर्षीय केदार राई रहेका छन् । प्रहरीले उनको साथबाट लागुऔषध जोख्न प्रयोग गरिने एक थान डिजिटल तराजु समेत बरामद गरेको छ ।

पक्राउ परेका राईमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी लागुऔषधको कारोबारमा कति समयदेखि संलग्न थिए र यसको स्रोत के हो भन्नेबारे खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका

काठमाडौँ, १० साउन । धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा गएराति मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

काठमाडौँ, १० साउन । दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार

काठमाडौँ, १० साउन । काठमाडौँको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची