प्रश्नपत्र चुहावट प्रकरण: त्रिवि डिनको राजीनामा

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा माग गरेको छ ।

नैतिक जिम्मेवारी लिई राजीनामाको माग गरिएको त्रिवि स्ववियू सभापति दीपकराज जोशीले जानकारी दिए । दुई दिनभित्र दोषीलाई कारबाहीको माग स्ववियूको छ । 

जोशीले भने– ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमा माथि कसैले सम्झौता गर्नुहुँदैन । यो गम्भीर विषय हो । डिन कार्यालय नै दोषी भएर उसले आफैँले समिति बनाएर छानबिन हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन । विश्वसनीयतामाथि प्रश्न खडा भएको छ । नैतिकताका आधारमा सम्बन्धित निकायका अधिकारीले राजीनामा दिनैपर्छ ।’

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको थियो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयले मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न आइतबार बिहान एक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग