सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ११ जना पक्राउ

काठमाडौँ, २८ बैशाख । सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा रूपन्देहीमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार विभिन्न स्थानमा ‘स्वीप अपरेसन’ चलाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले ती व्यक्तिहरूको साथबाट मोडिफाई गरिएका मोटरसाइकलहरू समेत बरामद गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीका बिपिन परियार र सम्मरीमाई गाउँपालिका वडा नं. ६ नगौलियाका कृष्ण गुप्ता रहेका छन्। सोही गाउँपालिकाको नगौलिया बस्ने कुसदेव यादव र पवन गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सुदिप कुर्मी पनि छन् जो भारतको महाराजगञ्ज जिल्ला थाना नवतुना अड्डाबजारका बासिन्दा हुन् ।

यसैगरी सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाबाट पनि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको छ । सिद्धार्थनगर वडा नं. ९ का दिलिप कुर्मी, रोजन बोहोरा क्षेत्री र विजय राजभर तथा वडा नं. १२ का प्रतियुष बस्याल र वडा नं. ६ का सुमिद्र राणा पक्राउ परेका हुन्। रूपन्देहीकै मायादेवी गाउँपालिका वडा नं. ८ का आयुथ पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।