आजको राशिफल

काठमाडौँ, २७ बैशाख । आज २०८३ साल वैशाख २७ गते आइतबारको राशिफल । 

मेष : दिन राम्रो छ। आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा पुगेर दान गर्ने समय आएको छ। दानले तपाईंमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ।

वृष : आज शुभ दिन छ । आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। बाहिरी कुराले मनमा खटपटी बढ्नेछ। परिवारको व्यवस्थापन गर्नेक्रममा थप जिम्मेवारी थपिनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ।

मिथुन : शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन्। राज्यका तर्फाट सेवाको अवसर मिल्नेछ।

कर्कट : आम्दानी बढे पनि अनावश्यक चिन्ताले मन अशान्त बन्नसक्छ। सोचेका काममा अवरोध हुनसक्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारबाट लाभ हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक काममा चलाख बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। धार्मिक यात्रा हुने योग रहेको छ।

कन्या : कृषि क्षेत्रको व्यापारबाट नाफा हुनेछ दिन छ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ। शिक्षामा गरेको मिहिनेतको आंशिक फल प्राप्त हुनेछ। परिवारसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। समाजले तपाईंलाई सम्मान गर्नेछ। राजनीतिक क्षेत्रमा विज्ञको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। अनावश्यक खर्च कटौती गर्नुपर्नेछ। शिक्षामा गरेको गहिरो अध्ययनले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सजग हुनुपर्ने दिन छ । परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। साथीसँग सहकार्य गर्नुपर्ने दिन छ। मनको कुरा व्यक्त नगर्दा घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : आज धनलक्ष्मी योग परेको छ । साथीले साथ दिएको समयमा ठुलो काममा हिम्मत गर्नु उचित हुनेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोगबाट मुक्त हुने योग छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : मनमा शान्ति मिल्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले दीर्घकालीन योजना बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय गर्ने दिन छ। शनिदेवलाई सुखी पार्न बिहान उठेर शिवको भजन सुन्नुपर्नेछ।

मीन : आज बोलीमा सरस्वतीको बास छ । सदुपयोग गर्नुहोला। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नुभएको

काठमाडौँ, ११ साउन । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ । गृहमन्त्री सुधन गुरुङले

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा