ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २५ बैशाख । सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज दिउँसो फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोलाका प्रदीप बिक गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरेर उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएको थियो । तर स्वास्थ्यकर्मीले दिउँसो १:५० बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा ट्याक्टरमा सवार १७ वर्षीय टेकबहादुर बिक र २२ वर्षीय विशाल बिक घाइते भएका छन् । टेकबहादुरको थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको र विशाललाई भने थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा

काठमाडौँ, १५ असार । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने