अवैध रूपमा गोरु ओसारपसार गर्ने दुई जना पक्राउ

काठमाडौँ, २५ बैशाख । कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको एउटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ख २३६४ नम्बरको ट्रकलाई रोकेको थियो ।

जाँचका क्रममा ट्रकमा लुकाइछिपाइ अवैध रूपमा ल्याइएका २० वटा गोरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–२ बस्ने ३५ वर्षीय विजयकुमार महतो र ट्रकमा सवार झापा मेचीनगर नगरपालिका–११ का ३७ वर्षीय खड्गबहादुर दाहाललाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई पशुपक्षी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा

काठमाडौँ, १५ असार । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने