गोरखा, २३ बैशाख । गोरखा नगरपालिका–८ फुलबारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आरुघाट गाउँपालिका–१ धुन्चेत घरभई हाल गोरखा सदरमुकाम बस्ने युहान गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
आज साँझ करिब ६ बजे घ्याम्पेशालबाट बिरेन्चोक जाँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनि ट्रकले गुरुङलाई ठक्कर दिएको हो । चालक गोनपा–११ का हिराबहादुर कुमाल र ट्रक प्रहरी नियन्त्रणमा रहेको छ ।





