काठमाडौँ, २२ बैशाख । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ ।
बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।
गत चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । उक्त दिन प्रदेशभर सार्वजनिक संस्था तथा विद्यालय बन्द हुनेछन् ।





