काठमाडौँ, २२ बैशाख । तनहुँमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भानु नगरपालिका–११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई नियन्त्रणमा लिएको हो ।
शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पीडितको तर्फबाट परेको उजुरी लगत्तै प्रहरी चौकी रूपाकोटबाट खटिएको विशेष टोलीले सक्रियता बढाएर आरोपी सार्कीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका सार्कीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।






