ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

काठमाडौँ, २१ बैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–७, चगाउँस्थित न्यु जनता इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार एक बालक घाइते छन् । उनीहरू सोही इँटा उद्योगका मजदुर हुन् । दुर्घटनामा भारतको उत्तर प्रदेशस्थित बहराइचका २७ वर्षीय अजय कुमार र नौ वर्षीय पवन कुमारको मृत्यु भएको हो ।

आइतबार राति हावाहुरी चल्दा से१त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा तीनजना घाइते भएका थिए । घाइते तीनैजनालाई उपचारका निम्ति कैलालीको धनगढी ल्याइएको थियो ।

धनगढीमा उपचारका क्रममा अजय र पवनको मृत्यु भएको र ११ वर्षीय घुर्रा कुमार घाइते रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार