एकल महिलामाथि बोक्सीको आरोपमा लगाउँने पक्राउ

काठमाडौँ, २१ बैशाख । रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीअ अनुसार कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझी पक्राउ परेका हुन् ।

स्थानीय गौरी साह कलवार लगायतका व्यक्तिहरूले ती महिलालाई ‘यो बोक्सी हो, यसले मेरो नातेदारको बालकलाई बिरामी बनाइदिएको छ’ भन्दै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए। कुटपिटका क्रममा पीडित महिलालाई जवरजस्ती मलमुत्र समेत खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । जाहेरीलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्नमध्येका फुदेनी माझीका छोरा शंकर माझीलाई तत्कालै नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । पक्राउ परेका माझीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, ११ साउन । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन् ।  आफूखुसी ड्युटीमा गैरहाजिर रहेका उनीहरूलाई

काठमाडौँ, ११ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ११ साउन । आज  साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ । बिहान ३ः०० बजेदेखि