काठमाडौँ, २० बैशाख । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित भैँसेमा सुमोले मोटरसाइकललाई ठक्कर दिएको छ ।
प्रहरीका अनुसार आज हेटौंडाबाट काठमाडौँ आउँदै गरेको ना.१ ज ३३५४ नम्बरको सुमोले ठक्कर दिँदा बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल विपरीत दिशाबाट हेटौँडातर्फ जाँदै थियो । दुर्घटनामा परेर घाइते भएका चालकलाई उपचारको लागी हेटौँडा पठाइएको छ ।
टाटा सुमो चालक प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।






