मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ, २० बैशाख । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइन खोला पुलनजिकै बाटो पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

आज बिहान करिब ६ बजेतिर पहिरो खस्दा उक्त स्थानमा सडक अवरुद्ध भएको थियो । सुरुमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले साबेललगायत औजारको प्रयोग गरी बाटो एकतर्फी खुलाएको थियो । अलि ठूला ढुंगा हटाउन नसकेपछि प्रहरीले सडक डिभिजन भरतपुरलाई जानकारी गराएको थियो । 

त्यसपछि मेसिनको सहायतामा बिहान करिब साढे ९ बजेतिर बाटो दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजनले जनाएको छ । “मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै माथिबाट ढुंगाहरू झर्दा एकतर्फी सञ्चालनमा रहेको सडक हाल दुवैतर्फ सञ्चालनमा आएको जानकारी गराउँदछौँ,” सडक डिभिजनको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार