पहिरोले कोशी र अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ, १९ बैशाख । बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन् ।

कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका–४ को बरुणमा गत साउन १७ गते दिउँसो ४ बजे पहिरो गएपछि यो राजमार्ग ठप्प भएको हो । यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटोमार्फत एकतर्फी सवारी साधन सुचारु गरिएको छ।

सिन्धुपाल्चोकको भोटेशोकी गाउँपालिका–२ कोदारी स्थित इकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । साउन १६ गते साँझ ६स्३० बजे गएको पहिरोले सडक अवरुद्ध भएपछि चीनसँगको नाका जोड्ने यो सडक खण्डमा सवारी आवागमन बन्द भएको छ ।

म्याग्दीमा पनि पहिरोले सडक प्रभावित पारेको छ । अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा साउन १६ गते साँझ पहिरो जाँदा बेनी(जोमसोम सडकखण्ड प्रभावित भएको छ । हाल उक्त स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी साधन सुचारु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार