ट्राफिक कारबाहीबाट २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ, १७ बैशाख । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको भन्दै सबैजना

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने