काठमाडौँ, ७ बैशाख । पाल्पामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–६, चहलाका २२ वर्षीय कमल सोमरे छन् । १४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ ।
कमलले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





