नेप्से परिसूचक १३.१७ अङ्कले घट्यो

काठमाडौँ, ७ बैशाख । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ ।

आज नेप्से परिसूचक १३.१७ अङ्कले घटेर २८२५.२३ विन्दुमा पुगेर बन्द भएको छ । आजको बजारमा कुल ३४९ वटा स्क्रिप्टहरूको कारोबार भएको थियो ।

जसमध्ये १९७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ६५ कम्पनीको मूल्य बढेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ । दिनभरिमा १ लाख १६ हजार ३१० पटकको कारोबारबाट १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर खरिदबिक्री भएका छन् ।

बजारमा आज कुल ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालयन फाइनान्स ३६ करोड १५ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ। त्यसैगरी सोल्टी होटल २९ करोड ८१ लाख र नेशनल हाइड्रोपावर २८ करोड ८८ लाख रुपैयाँको कारोबारका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई

काठमाडौँ, ७ बैशाख । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग

काठमाडौँ, ७ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित वर्तमान सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई