बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल सकारात्मक : बाबुराम भट्टराई

काठमाडौँ, ७ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित वर्तमान सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई पुनः अघि बढाउन गरेको पहललाई सकारात्मक भन्दै स्वागत गरेका छन् ।

लामो समयको अन्योल र आशंकापछि आयोजनाले गति लिन लागेकोमा खुसी व्यक्त गर्दै डा. भट्टराईले यसलाई १२०० मेगावाट विद्युत उत्पादन गर्ने साधनका रूपमा मात्र नभई देशको बहुआयामिक आर्थिक रूपान्तरणको ‘गेम चेन्जर’ परियोजनाका रूपमा बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले भनेका छन्, ‘देशको मध्यभागमा र काठमाडौँ, पोखरा तथा भरतपुर जस्ता ठूला सहरहरूको बीचमा रहेको यो परियोजनालाई केवल विद्युत आयोजना मात्र मान्नु हुँदैन । यसले औद्योगिक अर्थतन्त्रतर्फ फड्को मार्न मद्दत गर्नेछ ।’ उनले अमेरिकाको टेनेसी भ्याली र चीनको थ्री गर्जेज ड्याम जस्तै यसलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।  नेपाल

काठमाडौँ, ९ बैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य