बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ, २८ चैत । बाँकेमा बोलेरोको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बैजनाथ गाउँपालिका–३ जेठिनालास्थित सडकमा क.प्र.०२–००१ च १५७२ नम्बरको बलेरोले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–३ नौवस्ता बस्ने २६ वर्षीय अधिस थारूको आज बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बलेरो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ असार । कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ

एजेन्सी, १७ असार । भेनेजुएलामा जुन २४ मा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको दायरा सरकारी अनुमानभन्दा निकै ठूलो हुन सक्ने देखिएको

एजेन्सी, १७ असार । पश्चिम एसियामा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारीपत्र (एमओयू)को अमेरिकाले कुनै पनि उल्लङ्घन गरे त्यसको जवाफ

एजेन्सी, १६ असार । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी