कुनै पनि हालतमा चुनाव हुन्छ, सर्ने हल्लाको पछि नलागौं: प्रधानमन्त्री कार्की

नवलपुर, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् ।

राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले निर्वाचन जसरी पनि हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन् ।

कहीँ कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन् । हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने बताइन् ।

उनले भनिन्, ‘चुनाव सर्दैन, किन सार्नु र ? ३१/३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै । त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ । त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको