इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।

जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए ।

उनका अनुसार फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार

काठमाडौँ, ६ मंसिर । पाल्पामा हेल्मेटभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार

काठमाडौँ, ६ मंसिर । जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, ६ मंसिर । सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार