करिब पाँच क्विन्टल गाँजासहित चालक पक्राउ

काठमाडौँ, ६ मंसिर । जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति भेडेटारबाट धरानतर्फ आइरहेको बीआर११ वाई ३०३९ भारतीय नम्बर प्लेटको स्कार्पियोलाई प्रहरीले धरान–२ भानुचोकमा रोक्न खोज्दा भागेपछि सेउती पुलबाट निजलाई नियन्त्रणमा लिएको हो ।

उक्त सवारी साधन चेक जाँच गर्दा १६ वटा कालो बोरामा राखिएको चार क्विन्टल ९९ किलो गाँजा बरामद भएको छ । प्रहरीले चालक साह र बरामद भएको सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । बक्स अफिसमा रणबीर कपुर अभिनित फिल्म ‘रामायण’को दबदबा कायमै रहेको छ । प्रदर्शनको १७ दिनमै फिल्मले ९००

काठमाडौँ, ४ मंसिर । सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा

काठमाडौँ, ४ मंसिर । आजदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ ।  अशोक

काठमाडौँ, ३ मंसिर । बलिउड अभिनेता शाहरुख खान विश्वका ‘अल टाइम १०० ग्रेटेस्ट सुपर स्टार्स’ को सूचीमा पर्न सफल भएका