प्रधानमन्त्रीको भारत भ्रमण: यस्तो छ सोमबारको कार्यतालिका

काठमाडौँ, ७ मंसिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ।

सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान १०:०० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत गरिनेछ। त्यसलगत्तै उनी बिहान १०:४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको भ्रमणको मुख्य राजनीतिक कार्यक्रम अन्तर्गत बिहान ११:०० बजे ‘हैदराबाद हाउस’ मा भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता तय भएको छ। दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि दिउँसो १२:२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुनेछ।

त्यसपछि दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी उनी अपराह्न ४:५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । प्रतिनिधि सभाअन्तर्गतको चार संसदीय समितिको बैठक आज बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनुका

काठमाडौँ, ६ मंसिर । दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले भारतीय सेनाको सलामी लिएका छन् । आइतबार

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने राजकीय भारत भ्रमणमा ३५ सदस्यीय सरकारी टोली सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको

काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढीपीडितको पछिल्लो अवस्थाबारे जानकारी लिन रसुवा पुगेका छन् । थापासहित कांग्रेसका नेताहरू