प्रतिनिधिसभा विघटनले लोकतन्त्र विरोधी शक्ति उत्साहित भएको एमालेकाे ठहर


काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर पन्ने अन्तरपार्टी निर्देशन(अपानि) जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नु भएको अपानिमा भदौ २३ र २४ को जेन जी आन्दोलन त्यसले निम्त्याएको विध्वंस र पार्टीका आसन्न ११ औं महाधिवेशनमा बारेमा बिस्तृत विष्लेषण गरिएको छ ।

अपानिमा तत्कालिन प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिएपछि काम चलाउ प्रधानमन्त्रीका रुपमा संसद बैठकबाट संविधान संसोधन गरेर राजनीतिक समस्याको निकास निकाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख गरिएको छ । ‘प्रतिनिधिसभाको बिघटनले मुलुकलाई जनप्रतिनिधी निकाय बिहिन अवस्थामा पुर्याएको छ र राजनीतिक रिक्तता सृजना गरेको छ ’ अपानिमा भनिएको छ ‘यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र बिरोधी शक्तिलाई उत्साहित तुल्याएको छ ।´

एमालेले अलोकतान्त्रिक र असंवैधानिक ढंगले गरिएको प्रतिनिधीसभा विघटनप्रति आपत्ती प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेको छ । एमालेले भदौ २३ र २४ गतेका घटनाको छानविनका लागि गठन भएको गौरी बहादुर कार्की आयोगलाई अस्विकार गर्ने जनाएको छ । अपानिमा जनाइए अनुसार यति ठूलो घटनाको छानविनको जिम्मा राजनीति दल नेता लोकतान्त्रिक प्रक्रियाप्रति दुराशययुक्त भावना राख्ने व्यक्ति चयन भएकोले यो आयोगलाई एमालेले पूर्ण अस्विकार गर्ने जनाइएको छ । पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायधिसको अध्यक्षतामा निष्पक्ष छानविन आयोग गठन गर्न पनि माग गरेको छ ।

‘अहिलेको आयोगले तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई जबरजस्ती मुछ्न खोजेको तर २४ गते तोडफोड, आगजनी, विध्वंस्स मच्चाउने र राष्ट्र बिरोधी जघन्य कसुर गर्नेलाई प्रहरीले सप्रमाण गिरफ्तार गरेका व्यक्तिहरुलाई छाड्न सघाउने काम गरिरहेको छ’, अपानिमा भनिएको छ ‘यस्ता व्यक्तिको नेतृत्वमा गठित आयोगले स्वतन्त्र छानविन गर्न सक्दैन । यस्तो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न सकिदैन ।’

अपानिमा असोज २९–३१ गते भएको केन्द्रीय कमिटी बैठकले पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गरे पनि विषम राजनीतिक परिस्थितीका कारण सचिवालयको बैठकले काठमाडौं सारेको उल्लेख गरिएको छ । अपानिमा महाविधेशनको उद्ध्घाटन सत्रमा व्यापक रुपमा जनपरिचालन गर्ने योजना सहित महाधिवेशन काठमाडौं मै गर्न लागिएको जनाइएको छ । अपानिमा महाधिवेशन प्रतिनिधी कुन क्षेत्रबाट कसरी छनौट गर्ने,त्यसका आधारहरु के के हुन्,पार्टी सदस्य संख्यालाई के कसरी हिसाब गरेर प्रतिनिधीको संख्या यकिन गर्ने बिस्तारमा ब्याख्या गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि