आज विश्वकर्मा पूजा

काठमाडौँ, १ असोज । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।

हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव-निर्माणमा आधारित छ । घर, मन्दिर, नगरी, पुल, मेसिन, औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज, सुरक्षित र सम्पन्न बनाउनका लागि निर्मित गरिएका हुन् । यस्तो सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति मानिन्छन् भगवान् विश्वकर्मा ।

विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ । हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए ।

नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पूजाको रूपमा मनाइन्छ । यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ, किनकि यो दिन भगवान् विश्वकर्माको जन्म भएको विश्वास गरिन्छ । यस दिन उद्योग–धन्दा, कारखाना, पसल, मेसिनरी, औजार, सवारीसाधनदेखि लिएर भवन निर्माणका उपकरणसम्म पूजा गरिन्छ । मजदुर, शिल्पकार, व्यापारी, प्राविधिक, इन्जिनियर, कलाकार लगायत सम्पूर्ण वर्गले यो दिन विशेष श्रद्धा र भक्ति भावका साथ मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि स्कुटर उपहार अफर ल्याएकाे

काठमाडौँ, २९ साउन । रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको

काठमाडौँ, २८ साउन । फिल्म ‘गौँथली’ले आज १२ बजेसम्म २१ करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको विकास बोर्ड स्रोतले जानकारी दिएको

काठमाडौँ, २६ साउन । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार