काठमाडौँ, १७ साउन । बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार डिलाशैनी गाउँपालिका–३, गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरणको मृत्यु भएको हो ।
आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका किरणले नजिकैको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको हो ।
उनलाई उपचारका निम्ति गोकुलेश्वर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।






