कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ, १० असार । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेसालाई सम्मानित बनाउँदै देशको आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्न व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् । 

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको ’राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि अध्ययन, अनुसन्धान र प्रसारलाई एकसाथ अघि बढाएर मात्र यस क्षेत्रको रूपान्तरण सम्भव हुने बताए । 

उनले भने, “कृषि मूलम् त जीवनम्,“ भन्ने पुरानो उक्तिलाई उद्धृत गर्दै राष्ट्रपति पौडेलले नेपालको जीवन नै कृषिमा आधारित भएको बताए । विगतमा अशिक्षित र गरिब परिवारको पेसाका रूपमा हेरिने कृषिले अहिले आफ्नो परिचय फेरेको उनको भनाइ थियो। ’अहिले शिक्षित युवा वर्ग र उच्च आय भएका परिवारले पनि कृषिलाई मुख्य पेसा बनाई लाखौँ आम्दानी गरिरहेका छन्, यो सुखद परिवर्तन हो,’ । 

राष्ट्रपति पौडेलले कृषि क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत योगदान दिएको र ६५ प्रतिशत परिवार यही पेसामा आबद्ध रहेको तथ्याङ्क प्रस्तुत गर्दै यसको अथाह सम्भावनालाई अझै उपयोग गर्न नसकिएको बताए । 

वैदेशिक रोजगारीमा गएका युवा शक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा उनले जोड दिए । उनले भने, “हामीले हाम्रा पौरखी हातहरूलाई देश विकासको संवाहकका रूपमा उपयोग गर्न सक्ने प्रचुर सम्भावना कृषिमा छ,“ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति