परिसूचक नेप्से १०.९८ अंकले घट्यो

काठमाडौँ, २८ माघ । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेको छ ।

साताको दोस्रो दिन सोमबार बजार परिसूचक १०.९८ अंकले घट्दा परिसूचक २६७७.३२ अंकमा पुगेको हो । आज बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बजारमा ८ अर्ब ३३ करोडको कारोबार भएको थियो । 

समग्र बजार घट्दा आज १६१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । ७७ कम्पनीको मूल्य बढ्दा ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारबिच आज १३ वटा समूहमध्ये ११ वटा समूहको सूचकमा गिरावट आएको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स समूहमा गिरावट आएको छ । अन्य समूह र व्यापारमूलक समूहको सूचक भने सामान्य बढेको नेप्सेको तथ्यांक छ ।

आज बजारमा मूल्य र कारोबार रकमका आधारमा पाँच वटा कम्पनी बढी चर्चा (हाइलइट) मा रह्यो । यसमध्ये न्यादी ग्रुप पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बोटलर्स नेपाल र उपकार लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्