आजको राशिफल

काठमाडौँ, ५ असोज । आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल ।   

मेष : महत्त्वपूर्ण काममा तपाईंको आवश्यकता महसुस हुनेछ। नीति निर्माणको क्षेत्रमा तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। राज्यको तर्फबाट भय हुने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : शारीरिक र मानसिक रुपमा कमजोर भएको महसुस हुनेछ। उपचारमा चासो दिनुपर्ने देखिन्छ। वैदेशिक लगानीमा आर्थिक फाइदा हुनेछ। खानपानमा सचेत बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

मिथुन : तपाईंकै बोलीका कारण पश्चाताप हुनेछ। गर्मीबाट हुने रोगले सताउने जोखिम भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। पढाइमा अल्छीपनले घाटा हुनेछ। सानोसानो कुरामा झर्को बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कर्कट : धन कमाउने दिन छ। माया मार्न लागेको रकम उठ्नेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। अढैया शनिको पालो भए पनि शुभग्रहको बहुमत भएकाले परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सोचेका काम बन्ने योग छ।

सिंह : खानपानमा समस्या हुनसक्छ। सम्पत्ति कमाउने स्रोत पत्ता लाग्नेछ। अध्ययनमा जाँगर बढ्नेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर कामको सुरुवात गरेमा सफलता मिल्नेछ। परिवारमा संकट हुनसक्छ। प्रेममा खटपटी बढ्ने योग छ।

कन्या : पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। लगानीका स्रोध धेरै छन्। समाजलाई फाइदा हुने खालको काम गर्नु राम्रो होला। जलविद्युतको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषिमा भएको लगानीले खुशी बनाउने छ। परिवारले सकारात्मक साथ र सहयोग दिनेछ।

तुला : आफ्नो क्षेत्रको काममा जिम्मेवारी बढ्नेछ। कला र गलाको प्रदर्शन गर्नुपर्ने दिन छ। घरेलु उद्योगको क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

वृश्चिक : दैनिकी अब्बल रहेको छ। तपाईंले गरेका प्रयास सफल बन्नेछन्। काममा सक्रिय आफन्त र कर्मचारीले तपाईंको प्रशंसा गर्नेछन्। तपाईंलाई सताउने समूह सक्रिय भएकाले कर्तव्यमात्र गर्नु राम्रो हुनेछ। परिवारको मागले तनाव बढ्ने जोखिम छ।

धनु : उन्नति हुने समय छ। तपाईंका सहकर्मी भन्दा तपाईं अगाडि बढ्ने योग छ। प्रविधिको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर प्राप्त हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : दक्षिणको लामो यात्रा दुई पाङ्गे सवारीमा नगर्नु राम्रो हुनेछ। लामो सयमदेखि रोकिएका काम सञ्चालन हुनेछन्। शनिदेव सकारात्मक भएकाले शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भ : साना कुरामा झर्को हुनेछ। साथीसँग सानोसानो कुरामा मनमुटाव हुनेछ। साढे साती दशाको प्रभावले मन अशान्त हुनेछ। बिहानै पन्छीलाई दाना दिएमा मन शान्त बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

मीन : साथीसँग जोगिएर काम गर्नुपर्ने दिन छ। मनको व्यथा सुनाउनु भन्दा कर्तव्य पूरा गर्नुपर्ने देखिन्छ। दैनिक काम भन्दा बाहिर लगानीमा हात नबढाएको राम्रो हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्