जाउलाखेलमा कार्तिक ८ गतेदेखि फूल मेला हुने

काठमाडौँ, ४ असोज । ललितपुरको जाउलाखेल मैदानमा आगामी कार्तिक ८ देखि ११ गतेसम्म फूल मेला लाग्ने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको हो । मेलामा स्टल राख्न बुकिङका लागि असोज ६ गतेदेखि कार्तिक ७ गतेसम्म खुल्ला गरिने छ ।

यस्तै, फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २० हजार कायम गरिएको छ । यस्तै, गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क  ३० हजार रहेको एसोसिएसनका महासचिव हिरामणि शर्माले बताए । सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री गरिने छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ ) मा प्रतिस्पर्धा गराइने बताइएको छ । साथै गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा