एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन: केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौँ, ७ असोज । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रष्तुत गरेको प्रतिवेदन माथी धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरुलाई बोल्नका तीन् मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेण्डामा माथी बहस भइरहेको छ ।

आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोली पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही मह्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुन केन्द्रीय समितीमा प्रष्तुत गरिने आचार्यले बताए । पार्टीभित्र मतभेदका बीच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रष्तुत गरेको प्रतिवेदनमा अधिकांस सदस्यहरुले समर्थन जनाएका छन् । एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनय, पोलिटव्यूरो र स्थायी कमिटी गठन गर्ने एजेण्डा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका