एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन: केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौँ, ७ असोज । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रष्तुत गरेको प्रतिवेदन माथी धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरुलाई बोल्नका तीन् मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेण्डामा माथी बहस भइरहेको छ ।

आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोली पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही मह्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुन केन्द्रीय समितीमा प्रष्तुत गरिने आचार्यले बताए । पार्टीभित्र मतभेदका बीच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रष्तुत गरेको प्रतिवेदनमा अधिकांस सदस्यहरुले समर्थन जनाएका छन् । एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनय, पोलिटव्यूरो र स्थायी कमिटी गठन गर्ने एजेण्डा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी

काठमाडौँ, ८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली