सीएनएनसहित तीन संस्थाले गरे ट्रम्पविरुद्ध मुद्दा दायर

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।

यसै विषयलाई लिएर सिएनएन, पोलिटिको र यमएस नाउले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । तीनै अमेरिकी सञ्चार संस्थाका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि उनीहरूले कानुनी बाटो रोजेका हुन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार प्रतिबन्धको घोषणा गर्दै यी संस्थाले आफ्नो प्रशासनबारे ‘काल्पनिक कुरा वा झूट’ लेखेको आरोप लगाएका थिए । सञ्चार संस्थाहरूका अनुसार शनिबार उनीहरूका पत्रकारलाई ह्वाइट हाउस भवनमा प्रवेश गर्न दिइएन ।

तीनै संस्थाले सोमबार संयुक्त वक्तव्य जारी गर्दै ‘सरकारले सञ्चारमाध्यमले के समाचार लेख्ने वा प्रसारण गर्ने भन्ने निर्णय गर्न पाउँदैन’ भन्ने सिद्धान्तको रक्षा गर्न कानुनी कारबाही अघि बढाएको बताएका छन् । यसैबीच, अमेरिकाका प्रमुख टेलिभिजन नेटवर्कहरूले ट्रम्पको ह्वाइट हाउससम्बन्धी ‘पुल कभरेज’ रोक्ने घोषणा गरेका छन् । यसले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन ट्रम्प न्यूयोर्क जाने क्रममा ह्वाइट हाउस तथा राष्ट्रपतिको प्रत्यक्ष गतिविधिको कभरेजमा सम्भावित रिक्तता सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई