हत्या आरोपमा एकजना पक्राउ

काठमाडौँ, १२ भदौ । शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौँ बस्दै आएका २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो  । राईको हत्या आरोपमा एमकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसइबीका कारण उनले राईको हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब २ बजेतिर रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।

टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका उनलाई प्रहरीले उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याएपछि साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान