हत्या आरोपमा एकजना पक्राउ

काठमाडौँ, १२ भदौ । शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौँ बस्दै आएका २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो  । राईको हत्या आरोपमा एमकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसइबीका कारण उनले राईको हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब २ बजेतिर रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।

टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका उनलाई प्रहरीले उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याएपछि साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ

काठमाडौँ, ५ असोज । कैलालीमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबाार धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको र मनसुनको न्यून चापीय रेखा भने