चीनको कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

एजेन्सी, ५ असोज । दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको थियो। आगलागीपछि उद्धार तथा राहत कार्य तत्कालै सुरु गरिएको थियो ।

घटनास्थलमा उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । आगलागीको कारणबारे भने तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,

काठमाडौँ, ५ असोज । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार