कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

काठमाडौँ, १० भदौ । पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । 

जिल्ला प्रहरीले कार्यलय पाल्पाका अनुसार तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा ग्रो हो । तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट तल खसेकाे थियो । 

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको