मुस्ताङमा उत्पादित स्याउ टिप्न समय ताेकियो

काठमाडौँ, ७ भदौ । मुस्ताङमा उत्पादित स्याउ टिप्नका लागि समय तोकिएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा हिजो भएको सरोकारवाला निकायको बैठकले स्याउ टिप्ने समय निर्धारण गरेको हो ।

बैठकले मुस्ताङमा फलेको गाला प्रजातिको स्याउ (अघौटे छिटो पाक्ने) भएकाले यही भदौ १० गतेपछि टिप्न अनुमति दिने निर्णय गरेको छ । यसैगरी किङ रोट रेड डेलिसियस प्रजातिको स्याउ पनि छिटै पाक्ने भएकाले भदौ १५ गतेपछि टिप्ने निर्णय भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजीलगायत स्याउहरू भने आउँदाे असोज १ गतेपछि मात्रै टिप्ने निर्णय भएको छ । मुस्ताङमा उत्पादित स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन

काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल