मुस्ताङमा उत्पादित स्याउ टिप्न समय ताेकियो

काठमाडौँ, ७ भदौ । मुस्ताङमा उत्पादित स्याउ टिप्नका लागि समय तोकिएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा हिजो भएको सरोकारवाला निकायको बैठकले स्याउ टिप्ने समय निर्धारण गरेको हो ।

बैठकले मुस्ताङमा फलेको गाला प्रजातिको स्याउ (अघौटे छिटो पाक्ने) भएकाले यही भदौ १० गतेपछि टिप्न अनुमति दिने निर्णय गरेको छ । यसैगरी किङ रोट रेड डेलिसियस प्रजातिको स्याउ पनि छिटै पाक्ने भएकाले भदौ १५ गतेपछि टिप्ने निर्णय भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजीलगायत स्याउहरू भने आउँदाे असोज १ गतेपछि मात्रै टिप्ने निर्णय भएको छ । मुस्ताङमा उत्पादित स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले सार्वजनिक निकायहरूले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरू लिँदा श्रम ऐन र नियमले तोकेको

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । आज बिहान भएको टेलिफोन वार्तामा

काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्रसंघको ८१औँ