काठमाडौँ, ६ भदौ । सर्लाही, उदयपुरलगायत क्षेत्रमा भारी वर्षा भएको छ ।
सर्लाहीको पत्थरकोट वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ छ । जसका कारण वर्षा भइरहेको हो ।