साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौँ, २० साउन । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् । आज बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो । शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाई छ । 

श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा

काठमाडौँ, ६ बैशाख । काभ्रेको रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । कटुन्जेदेखि मंगलटार

काठमाडौँ, ६ बैशाख । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । प्रहरीका अनुसार जेनजी आन्दोलनका बेला