मौद्रिक नीतिलाई अनुसरण नगरे शिथिलता कायमै रहन्छ : गभर्नर अधिकारी

काठमाडौँ, २० साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । 

आज काठमाडौँमा आयोजित चालु आर्थिक वर्ष (२०८१-८२)को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुसरण नगरे शिथिलता कायमै रहने बताए । 

उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ ? त्यसलाई आधार मानेर हामी के गर्न सक्छौँ ? आधारभूत आवश्यकता के हो ?यसको आधारमा नीति ल्याएका छौँ । अब यसले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ । राज्य र निजी क्षेत्रको तर्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहाना बाजी मात्रै गरियो भने यो शिथिलता कायम हुने डर हुन्छ । व्यापारमा उत्साह ल्याउनका लागि गरिएको यस अभ्यासलाई सबैले अनुसरण गर्नुपर्छ, चाहे राज्यसत्तामा बस्नेहरू होस्, चाहे निजी क्षेत्रमा काम गरिरहने साथीहरू नै किन नहोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।