बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो

काठमाडौँ, ५ साउन । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ ।

नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् ।

बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए । सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न