नेप्से परिसूचक ५४ अंकले बढ्यो

काठमाडौँ, २ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ५४.०४ अंकले बढेको छ ।

अघिल्लो दिन ७०.१८ प्रतिशतले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४.६३ को बिन्दुमा पुगेको हो । 

अर्थमन्त्री विष्णु पौडेल सोमबार अर्थमन्त्रीमा नियुक्त भएको दिन नेप्से घटेपनि त्यसपछिको दुई दिन भने लगातार वृद्धि भएको हो । बुधबार ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर कारोबार हुँदै १२ अर्ब भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस दिन सबै उपसूचकहरूमा हरियाली छाएको छ । यस्तै सेन्ट्रल फाइनान्सको सेयरको मूल्य १० प्रतिशत बढ्दा सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले भने ९.९० प्रतिशत गुमाए । बुधबार सिंगटी हाइड्रोको सेयर सबैभन्दा बढी कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार

एजेन्सी, २९ जेठ । अमेरिकामा आयात महसुललाई लिएर चलिरहेको कानुनी लडाइँका बीच ट्रम्प प्रशासनले ठूलो राहत पाएको छ ।  वासिङ्टनस्थित

एजेन्सी, २९ जेठ । थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ ।  तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी राजकुमारीको