काठमाडौँ, २ साउन । चन्द्रागिरि केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ । प्रहरी वृत्त थानकोटका अनुसार करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको हो ।
केबलकारकै डिब्बामा अड्किएका आठ जनालाई प्रहरीले भर्याङ लगाएर उद्धार गरेको थियो । बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।