सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ, १ साउन । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बाराका प्रहरीका अनुसार तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको हो ।

घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह गरेको छ

काठमाडौँ, ६ असोज । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । आज बिहान भएको टेलिफोन वार्तामा